लमजुङमा धान उत्पादन बढ्यो

लमजुङ- लमजुङमा यो वर्ष धान उत्पादन बढेको छ । अनुकूल मौसम, उन्नत जातको धानको विउ प्रयोगलगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।
केन्द्रका कृषि प्रसार अधिकृत सरोज थापाका अनुसार चालु आर्थिक वर्षमा नौ हजार ३०१ हेक्टरमा धानखेती गरिएकामा ३१ हजार १५८ मेट्रिक टन धान उत्पादन भएको छ । गत आवमा सोही क्षेत्रफलमा २८ हजार ६४७ मेट्रिक टन धान उत्पादन भएको थियो। गत आवको तुलनामा चालु आवमा दुई हजार ५११ मेट्रिकटन धान बढी उत्पादन भएको हो।
केन्द्रका अनुसार आव २०७९/८० मा ३० हजार ९८६ मेट्रिक टन, आव २०७८/७९ मा ३० हजार ६९८ मेट्रिकटन, आव २०७७/७८ मा ४४ हजार ४२५ मेट्रिकटन, आव २०७६/७७ मा ४४ हजार १५५ मेट्रिकटन, आव २०७५/७६ मा ४४ हजार ५४५ मेट्रिकटन आव २०७४/७५ मा ४३ हजार ८३० मेट्रिक टन धान उत्पादन भएको थियो ।
जिल्लामा साबित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धानखेती हुँदै आएको छ।

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, द…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कृषकलाई अनुदानमा मौरी घार वितरण

प्रतिक्रिया