यु-१९ विश्वकप क्रिकेटः नेपालकाे आज दाेस्राे अभ्यास खेल अमेरिकासँग

काठमाडौँ- नेपालले आज दाेस्राे अभ्यास खेल खेल्दैछ । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको नेपाल आज अमेरिकासँग दाेस्राे अभ्यास खेल खेल्न लागेकाे हाे ।
गत साेमवार मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रनमात्र जोडेर पराजित हुन पुगेकाे थियाे ।
साे खेलमा नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाएका थिए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिएका थिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो । अब नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा बुधबार भने अमेरिकाको सामना गर्नेछ ।

कुवेतमाथि नेपालको कीर्तिमानी जित, कुशल र आशिफले बनाए अर्धशतक

गुजरातको चौथो जित, राजस्थान रोयल्स ५८ रनले पराजित

चारदेशीय टी–२० आई सिरिजः नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

मुम्बईलाई १२ रनले पराजित गर्दै लखनउको दोस्रो जित

आईपीएल : मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित
प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

प्रतिक्रिया