सेती दोभानमा पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौँ : चितवनको सेती दोभानमा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराती परेको पहिरोका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
पहिरो जाने क्रम नरोकिएकाले बाटो खुलाउन समस्या भएको पनि प्रहरीले जनाएको छ । यस्तै काठमाडौँ–हेटौडा जाने सडक पनि अवरुद्ध छ । भट्टेडाडा र इन्द्रसरोवरमा पहिरो जाँदा बाटो अवरुद्ध भएको हो ।
बनेपा, धुलिखेल, सिन्धुली हुँदै पुर्व जाने गाडी पनि फुर्कोटमा पहिरो जाँदा रोकिएका छन् । गएराती फुर्कोटमा पहिरो जाँदा बाटो अवरुद्ध भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस लगायतका विभिन्न ठाउँमा पहिरो जाने, रोकिने भएकाले बाटो अवरद्ध हुने र खुल्ने क्रम जारी रहेको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

प्रतिक्रिया