दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित

काठमाडौं - नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।
नेपाल आइसिसी यु–१९ महिला विश्वकपको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको हो ।
अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो पराजय हो । पहिलो खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो ।
मंगलबार मलेसियाको रोयल रोयल सेलान्गोर क्लबमा नेपालले प्रस्तुत गरेको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।अमेरिकाका लागि इसानी वाघेलाले २४ र पूजा शाहले १० रन बनाउन सफल भएका थिए ।,
नेपालका लागि रिया शर्माले तीन र कप्तान पूजा महतोले एक विकेट लिएका हुन ।
त्यसअछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५८ रनको योगफल तयार पारेको थियो । नेपालका लागि साना प्रविनले १२ र पूजा महतोले १० रन बनाउनु बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अमेरिकाका लागि इसानी वाघेला, पूजा शाह, ऋतु सिंह, माही माधवन, सुहानी थडानी र सानवी इम्मादीले समान एक विकेट लिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_gqPHuTaXjs_mpdr22tsy93jq5wetr5hcjnifprlnwj5uqtrlyudpbcsyle7nm96p1bxi8y2.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया