मंगलबार १९ चैत, २०८१
Tuesday, April 01, 2025

‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने

फाइल फाेटाे

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ह्युमन मेटाप्न्यूमो भाइरस (एचएमपिभी) बारे अध्ययन गर्ने भएको छ । 

इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलो पटक अध्ययन गर्न लागेको जनाएको छ । महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरले त्रिवि शिक्षण अस्पताल र कान्तिबाल अस्पतालमा आउने बिरामीको नमुना संकलन गरेर अध्ययन गरिने बताए । 

“राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र महाशाखा मिलेर एचएमपिभीको अध्ययन गर्न थालेको छौँ”, उनले भने, “एचएमपिभी इन्फ्लुयन्जासँग मिल्ने भएकाले इन्फ्लुयन्जा नेगेटिभ भएका बिरामीको नमुना संकलन गरेर अध्ययन गरिने छ ।”

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण गराएको छ । उक्त हल्लाको पछि नलाग्न मन्त्रालयले आग्रह गरेको छ ।

ह्युमन मेटाप्न्यूमो भाइरस नेपालमा नयाँ भाइरस नभइ विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो । यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्ति, साना बालबालिका र वृद्ध व्यक्तिमा मात्र हुने सम्भावना रहने महाशाखाका निर्देशक डा घिमिरेले बताए । 

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल