बङ्गलादेशका अन्तरिम नेता युनुसद्वारा ‘चोरी भएको’ अर्बौंको सम्पत्ति फिर्ता गर्न माग

ढाका- बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले गत वर्ष क्रान्तिबाट अपदस्थ शेख हसिनाको अपदस्थ सरकारको पालामा भएको भ्रष्टाचारको परिमाणको निन्दा गर्दै ‘चोरी भएको’ सम्पत्ति फिर्ता गर्न माग गरेका छन् ।
सन् २०२४ को अगष्टमा भएको क्रान्तिबाट भागेर छिमेकी मुलुक भारत पुगेकी ७७ वर्षीया हसिनाले सामूहिक हत्यालगायतका आरोपको सामना गर्न बङ्गलादेशको सुपुर्दगीका लागि गरिएको अनुरोधलाई अस्वीकार गरेका छन् ।
युनुसले भने, “अर्बौं डलरको सार्वजनिक कोष चोरीका कारण बङ्गलादेशले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको छ । चोरी भएको रकम त्यहाँका जनताको हो । न्याय सुनिश्चित गर्न हामी हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य जारी राख्नेछौँ ।
युनुसले आफूले ‘सम्पत्ति फिर्ता हुने’ अपेक्षा गरेको बताउँदै चोरी भएको रकमलाई देश र जनताको लुटिएको सम्पत्ति हो भनेका छन् । उनले यो बङ्गलादेशका जनतालाई लुटेको मात्र नभई आर्थिक स्थायित्वतर्फको देशको प्रगतिमा धोखा भएको बताए ।
बङ्गलादेशको भ्रष्टाचारविरोधी आयोग (एसिसी) ले हसिना र उहाँकी भतिजी, बेलायती सांसद तथा भ्रष्टाचार विरोधी मन्त्री ट्युलिप सिद्दिकसहित उनका परिवारका सदस्यमाथि अनुसन्धान गरिरहेको छ ।
सिद्दिकले मङ्गलबार आफ्नो पदबाट राजीनामा दिए पनि आफूले केही गलत नगरेको भन्दै आफ्रविरूद्धको आरोपको खण्डन गरेका थिए ।
एसीसीले हसिनाको परिवारमाथि गरेको अनुसन्धान रूसको आर्थिक सहयोगमा सञ्चालित आणविक ऊर्जा प्लान्टसँग जोडिएको पाँच अर्ब अमेरिकी डलरको अनियमितता र राजधानी ढाकाको एक उपनगरमा आकर्षक प्लटको कथित जग्गा हडप्नेसँग योजनासँग जोडिएको छ ।
ब्रिटिस सन्डे टाइम्सको अनुसन्धानले सिद्दिकले दुई बङ्गलादेशी व्यवसायीसँग जोडिएको अफशोर कम्पनीले किनेको लण्डनको फ्ल्याटमा वर्षौं बिताएको दाबीबारे विस्तृत विवरण सार्वजनिक गरेको थियो ।
उक्त फ्ल्याट हसिना, उहाँको परिवार र उहाँको अपदस्थ सरकारसँग सम्बन्ध भएका एक बङ्गलादेशी वकिललाई उपहारस्वरुप हस्तान्तरण गरिएको थियो ।
सिद्दीक र उहाँको परिवारलाई हसिनाको अवामी लिग पार्टीका सदस्य वा सहयोगीहरूले किनेको लण्डनका अन्य थुप्रै सम्पत्तिहरू दिइएको वा प्रयोग गरिएको पनि बताइएको छ ।
“ट्युलिप सिद्दिकले लण्डनमा कमाएको पैसा र सम्पत्तिको स्रोत राम्ररी नखुलेको हुन सक्छ”, युनुसले भने, तर, अब उनलाई थाहा छ, उनले बङ्गलादेशका जनतासँग माफी माग्नुपर्छ।” (एएफपी)

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_OnFBH6FGnd_erv23q1ls1qr2tiuipkbtkfm8fkkiu1z8morhnwgkq9loqls5xehsh7hxivl.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

प्रतिक्रिया