पाकिस्तानले भेट्टायो ठूलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी

इस्लामबाद- पाकिस्तानको पञ्जाब सरकारले ७०० अर्ब पाकिस्तानी रुपैयाँभन्दा बढीको सुनको ठूलो भण्डार फेला पारेको दाबी गरेको छ ।
पञ्जाब प्रान्तका खानी तथा खनिज मन्त्री सरदार शेरअली गोर्चानीले पञ्जाबको अटक जिल्लामा २८ लाख तोला (३२ हजार ६५८ किलो) बराबरको सुनखानी फेला पारेको जानकारी दिए । उनका अनुसार पाकिस्तानको भूगर्भ सर्वेक्षणले गत वर्ष अटकमा सुनको भण्डारको अध्ययन थालेपछि त्यहाँ ठूलो परिमाणमा सुन फेला पारेको हो ।
मन्त्री गोर्चानीका अनुसार अन्तर्राष्ट्रिय बजारमा सो सुनको मुल्य ६०० देखि ७०० अर्ब पाकिस्तानी रुपैयाँ रहेको दाबी गरेका छन । उनले सुनको लिलामीका लागि सरकारले नियम बनाएको र एक महिनाभित्र यो प्रक्रिया सुरु हुनेसमेत बताए । यस सम्बन्धमा पाकिस्तानको भूगर्भ सर्वेक्षणले अटकका १२७ स्थानमा नमूना सङ्कलन गरेको थियो ।
उनले यो खोज पाकिस्तानको खनिज सम्पदाको पर्दाफास गर्ने महत्वपूर्ण पाइला भएको र यसले देशलाई आर्थिक रुपमा बलियो बनाउनुका साथै आगामी पुस्ताका लागि नयाँ अवसरको सम्भावना पनि सृजना गरेको बताए ।
यदि कुनै देशको मुद्रा अन्तर्राष्ट्रिय रूपमा कमजोर छ भने सुनको भण्डारले त्यस देशको क्रयशक्ति र आर्थिक स्थिरता कायम राख्न मद्दत गर्दछ। सुनको धेरै सञ्चिति हुनु भनेको देशको अर्थतन्त्र बलियो हुनुको प्रमाण पनि हो ।

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_OnFBH6FGnd_erv23q1ls1qr2tiuipkbtkfm8fkkiu1z8morhnwgkq9loqls5xehsh7hxivl.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

प्रतिक्रिया