एप्पलका मालिकले कुम्भ मेलाबारे लेखेको पत्र ६ करोड ९५ लाखमा लिलामी

प्रयागराज- एप्पलका सह संस्थापक स्टिभ जब्सकी श्रीमती लौरेन पावेल जब्स प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ–२०२५ मा सहभागी हुन भारतमा छिन् ।
यसैबीच स्टिभ जब्सले सन् १९७४ मा कुम्भ मेलाको सन्दर्भमा लेखेको पत्र अहिले चर्चाको विषय बनेको छ । यो पत्रमा जब्सले कुम्भ मेलाप्रति आफ्नो रुचि र भारत भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । यो हालै बोनहम्सले अमेरिकी डलर ५ लाख ३१२ (लगभग ६ करोड ९५ लाख) मा लिलामी भएको छ ।
जब्सले आफ्नो बाल्यकालका साथी टिम ब्राउनलाई आफ्नो १९ औं जन्मदिन फेब्रुअरी २३ मा यो पत्र लेखेका थिए । यो चिठी बाहिर आएपछि स्टिभ जब्सकी श्रीमती पावेल पतिको इच्छा पूरा गर्न महाकुम्भमा आएको जनाएकी छिन् ।
स्टिभ जब्सले पत्रमा लेखेका छन्, ‘म अहिले लस गाटोस र सान्ता क्रुजको बिचको पहाडमा एउटा फार्ममा बसिरहेको छु, म अप्रिलमा सुरु हुने कुम्भ मेलाका लागि भारत जान चाहन्छु । म मार्चमा केहि समय जान्छु, यद्यपि अझै पक्का छैन।’ उनले पत्रको अन्त्यमा लेखेका छन् ‘ शान्ति, स्टिभ जब्स। जुन पत्र अहिले लिलामी भएको हो ।
स्टिभ जब्सकी पत्नी लरेन पावेल ४० सदस्यीय टोली लिएर प्रयागराज पुगेकी छन् । जब उनी महाकुम्भमा आइन्, उनका गुरु स्वामी कैलाशानन्दले उनलाई ‘कमला’ भन्ने नयाँ हिन्दू नाम दिएका छन् ।
उनी ध्यान, क्रियायोग र प्राणायाम जस्ता आध्यात्मिक अभ्यासमा भाग लिदैँ आएकी छिन तर मकर संक्रान्तिमा ठूलो भीड हुने भएकाले एलर्जीका कारण उनले संगममा डुब्न सकिरहेकी भने छैनन् । उनको आगमनसँगै यो कार्यक्रमले थप अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।
गत १३ जनवरी २०२५ देखि सुरु भएको महाकुम्भमा हालसम्म ५ करोड १५ लाखभन्दा बढी भक्तजनले संगममा स्नान गरिसकेका छन् । फेब्रुअरी २६ सम्म चल्ने उक्त कार्यक्रममा ४० करोडभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया