इन्डोनेसियाको सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशंका

काठमाडौं - इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात जना बेपत्ता भएको प्रहरीले बिहीबार जनाएको छ।
घटना राति करिब ९:२० बजे ग्लोडोक प्लाजामा भएको हो । तामनसरी जिल्लाको जनघनत्व बढी भएको स्थानमा आगलागी भएको र आगलागीको समयमा धेरै आगन्तुक मलमा रहेको बताइएको छ ।
सहरको दमकल विभागले सपिङ मलमा लागेको आगो निभाउन ४० भन्दा बढी दमकल र २०० दमकल र अग्नि नियन्त्रकहरू खटाएको छ ।
आगलागीको मुख्य कारणबारे अनुसन्धान गर्न दमकल र प्रहरीको टोली घटनास्थलमा रहेको नगर प्रहरीका प्रवक्ता आदे आर्य श्याम इन्द्रादीले स्थानीय पत्रकारहरूसँग बताए ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया