पाँचौँ खेलमा पनि आर्मी अङ्कविहीन‚सङ्कटासँग पराजित

काठमाडौँ-राजधानीमा जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ ।
सातदोबाटो स्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा सङ्कटाले आर्मीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै सङ्कटाले चार खेलबाट सात अङ्क जोडेको छ भने पाँचौँ खेलमा पराजित आर्मी अङ्क विहीन छ ।
सङ्कटाको जितमा एल्सन राई, गुन्डस सुनुवार र पेम्बा तामाङले एक/एक गोल गरे । खेलको २१ औँ मिनेटमा एल्सनको गोलमार्फत सङ्कटाले पहिलो अग्रता लियो । त्यस्तै खेलको २५ औँ मिनेटमा गुन्डसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ८३ औँ मिनेटमा पेम्बाले थप एक गोल गर्दै सङ्कटालाई आर्मीविरुद्ध सहज जित दिलाए ।
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपीएलको फाइनलमा

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

प्रतिक्रिया