आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

केरुङ खोलाको बाढी पस्दा कावासोती बजार जलमग्‍न

बुटवल : पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । कावासोती र डण्डाको बीचमा रहेको केरुङे खोलाको बाढी हात्तीखेर  ठाउँबाट पसेका कारण मुख्य बजार क्षेत्र जलमग्न भएको हो ।

कावासोती थानाचोकदेखि पश्चिम सभापतिचोकसम्मको बजार क्षेत्र र राजमार्ग क्षेत्र डुबानमा परेको छ। महेन्द्र राजमार्गमा पनि पानी बगेका कारण आउजाउ गर्न समस्या भएको छ। खोला बगेका कारण कतिपय स्थानमा सडक नै देखिएको छैन।

स्थानिय हरि शर्माका अनुसार कावासोती नगरपालिका वडा नम्बर १ हात्तिखोरबाट खोलाको बाढी गाउँतिर पसेका कारण राजमार्गमा डुबान भएको हो । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी पाइप पनि एक किलोमिटर बगाएको छ । बाढीले गर्दा पुर्व–पश्चिम राजमार्ग पनि अवरुद्व भएको छ ।