यु-१९ महिला ट्वान्टी-२० विश्वकप आजबाट, नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौँ- नेपालले आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपको पहिलो खेल आज खेल्दैछ ।
नेपालले पहिलो खेल अर्थात् उद्घाटन खेलमा बंगलादेशसँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेको हो । गत शनिबार प्रतियोगिताका लागि मलेसिया प्रस्थान गरेको नेपाली टोलीले आज बंगलादेशसँग पहिलो खेल खेल्न लागेको हो ।
मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सो खेल हुनेछ । खेल नेपाली समय अनुसार शनिवार दिउँसो १२:१५ बजे सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् २००७ बाट महिला क्रिकेट सुरुवात गरेको नेपालको यो ग्लोबल इभेन्टमा पहिलो सहभागिता हो ।
विश्वकप अघिको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको नेपाल दोस्रो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको थियो ।
१६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालका लागि बंगलादेशबाहेक अन्य नयाँ प्रतिद्वन्द्वी हुन् , जसअनुसार नेपालले माघ ५ मा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ भने माघ ७ मा स्कटल्यान्ड र माघ ९ मा अस्ट्रेलियासँग खेल्नेछ ।
नेपाली टोली
पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुँवर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया