सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

म्याग्दीमा जिप दुर्घटना

म्याग्दी- म्याग्दीमा जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। 

शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका-६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका चालक ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते उनलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।