नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता
नेपालगञ्ज- नेपालगञ्जमा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना हुनेभएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा प्रतियोगिता आयोजना हुन लागेको जनाइएको छ ।
बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बाँकेमा महिला फुटबललाई पुनःजीवन दिने अपेक्षासहित प्रतियोगिता गर्न लागेको जानकारी दिए । महिला खेलाडी उत्पादन र विकासको लक्ष्य राखेर यो प्रतियोगिता हुन लागेको उनको भनाइ छ ।
एन्फाका केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष शाहीले बाँकेमा महिला फुटबलरको इतिहास स्मरण गर्दै लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि स्थानीय सशक्त टिम सहभागी गराउने गरी आवश्यक तयारी थालिएको पनि जानकारी दिए । “त्यसैलाई लक्षित गरेर सबै स्थानीय तहमा छनोट, प्रशिक्षणलगायत कार्यक्रम गरिनेछ”, उनले भने । उक्त प्रतियोगिताभन्दा अघि नेपालगञ्जमा महिला फुटबल मेयरकप पनि आयोजना गर्न लागिएको उनको भनाइ छ ।
आयोजक अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिताको तयारी थालिएको उल्लेख गर्दै ‘खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आवतजावतलाई प्राथमिकतामा राखेको बताउनुभयो । प्रतियोगिता आयोजनाका लागि नेपालगञ्ज रङ्गशालामा सचिवालय पनि स्थापना गरिएको छ ।
लुम्बिनी कपको पहिलो संस्करणमा भारतका दुई र नेपालका छ गरी आठ वटा क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको लोगो नेपाली राष्ट्रिय महिला फुटबल टिमका पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एञ्जिला तुम्बापो सुब्बाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । लोगोमा भगवान गौतम बुद्ध, खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रिक रङ समेटिएको छ ।

लुम्बिनीको नीति तथा कार्यक्रम : सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_8PIYLFHVaT_atppxcek0p0xbespwhxpquysdoh8c0kmjrq9dk677nmixeqicfpjq6qwxegc.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_yras5GqMEm_ljal6itubsxobzz06vzuuqf9bfeepvkown23xfmcq7ix2vi0ltpdjcsi7bsl.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

प्रतिक्रिया