नेपालको पुरूष टोली पनि खो खो विश्वकपको फाइनल प्रवेश

काठमाडौं - नेपालको पुरूष टोली खो खो विश्वकपको फाइनल प्रवेश गरेको छ । भारतमा जारी खो खो विश्वकप नेपाली पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको हो ।
नेपालको पुरुष टोलीले शनिबार पहिलो सेमिफाइनलमा इरानलाई पराजित गर्दै ऐतिहासिक फाइनल यात्रा तय गरेको हो । नयाँ दिल्ली स्थित इन्दिरा गान्थी इन्डोर हलमा भएको खेलमा नेपालले इरानलाई ७२-२० अंकको अन्तरले हरायो ।
यसअघि महिला टोलीले फाइनलको यात्रा तय गरेको थियो ।
नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । यसअघि नै नेपालको महिला टोलीले युगाण्डालाई हराएर फाइनलमा स्थान बनाइसकेको छ ।
नेपालका खेलाडी कुनै पनि खेलको विश्वकपमा फाइनल पुगेको यो पहिलोपटक हो । त्यसमा पनि महिला र पुरुष दुवै टोली फाइनलमा पुग्दै इतिहास रचेको हो ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया