आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

राष्ट्रसंघ मानव अधिकार परिषद्को अध्यक्ष ताक्दै नेपाल

काठमाडौंः राष्ट्र संघ मानव अधिकार परिषद्को अध्यक्षमा नेपालले कूटनीतिक पहलकदमी अघि बढाएको छ । परिषद् सदस्यमा नेपाल दोस्रो कार्यकालका लागि विजयी भएसँगै अध्यक्षताको ‘लबिङ’ थालेको हो । परिषद् सदस्यका लागि भएको निर्वाचनमा छिमेकीद्वय भारत र चीनसहितको १ सय ५० मत प्राप्त गरेर नेपाल विजयी भएको हो । दुवै छिमेकीलाई विश्वासमा लिएर नेपालले अध्यक्षताको पहलकदमी अघि बढाएको हो ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार नेपालले अध्यक्षताका लागि सबै सदस्य राष्ट्रसँग कुराकानी गरिरहेको छ । अधिकांश सदस्य सहमत पनि छन् । ‘छिमेकको साँच्चै साथ रहेमा नेपाल राष्ट्रसंघ परिषद्को अध्यक्ष हुनेछ,’ ती अधिकारीले भने, ‘राष्ट्रसंघमा नेपालले पहलकदमीसँगै छिमेक र स्थायी सदस्यको महत्व रहन्छ ।’ राष्ट्र संघमा चालू महासभाका कुल १९३ सदस्यले गोप्य मतदानमा भाग लिएका थिए । निर्वाचनमा सबैभन्दा बढी मत पाकिस्तान (१६९), उज्वेकिस्तान (१६४), नेपाल (१५०), चीन (१३९) ले ल्याएका थिए ।
 
साउदी अरेबियाले ९० मत मात्र पायो । जब कि उसले सन् २०१६ मा १५२ मत ल्याएको थियो । मानव अधिकार परिषद्को नियमअन्तर्गत भौगोलिक प्रतिनिधित्व सुनिश्चित गर्न क्षेत्रहरूलाई सिट छुट्याइएको र त्यहीअन्तर्गत निर्वाचन हुने गरेको छ । साउदी अरेबियाले मानव अधिकारका क्षेत्रमा सुधार ल्याउने योजना सार्वजनिक गरे पनि ह्युमन राइट्स वाच र अरू संस्थाले साउदीको उम्मेद्वारीमाथि विरोध गरेका थिए । वासिङ्टन पोस्टका स्तम्भकार जमाल खशोग्जीको हत्यालगायत विगतका कैयौं घटनामा राज्यको संलग्नता रहेको आरोप पनि साउदी सरकारमाथि छ ।

राष्ट्र संघ मानव अधिकार परिषद् सदस्यको कार्यकाल दुई वर्षको हुनेछ । यसअघि सन् २०१८ मा भएको निर्वाचनमा नेपाल पहिलोपटक सदस्यमा निर्वाचित भएको थियो । अब नेपाल सन् २०२३ सम्म परिषद् सदस्यका रूपमा काम गर्नेछ । परराष्ट्र मन्त्रालयका अनुसार, बुधबार न्यूयोर्कमा भएको मतदानमा तेस्रो धेरै मत ल्याएर परिषद् सदस्यमा फेरि निर्वाचित भएको हो ।

जेनेभास्थित मानव अधिकार परिषद्ले मानव अधिकार दुरुपयोगबारे अध्ययन, अनुगमन र विश्लेषणका साथै सदस्य राष्ट्रमा नियमित रूपमा मानव अधिकारको स्थितिको समीक्षा गर्छ । सन् २००६ मा स्थापित परिषद्ले त्यसअघिको आयोगझैँ आलोचना खेप्नुपरेको छ । खासगरी आफ्ना कमी–कमजोरी ढाकछोप गर्न सदस्य राष्ट्रहरू परिषद्को सदस्य बन्न थालेपछि विवाद हुँदै आएको छ ।

‘हाम्रा छिमेकीद्वय चीन र भारतसहित १५० मित्र मुलुकको मतले नेपाल परिषद् सदस्यमा फेरि निर्वाचित भएका हुन्’ परराष्ट्र सचिव भरतराज पौड्यालले इकागजलाई बताए । यसअघि भारतलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को अस्थायी सदस्य बनाउन नेपालले पनि पक्षमा मतदान गरेको थियो । ‘हामीले परिषद्मा राम्रो काम गरेका छौँ र त्यसमा नेपाल थप माझिएर अघि बढ्नेछ’, उनले थपे । 

नेपालसँगै एसिया प्यासेफिक क्षेत्रबाट चीन र उज्वेकिस्तान पनि परिषद् सदस्य चुनिएका छन् । परिषद्मा ४७ मुलुक सदस्य रहन्छन् । तीमध्ये यसपालि १५ स्थानमा नयाँ निर्वाचित भएका हुन् । नेपाल सन् २०१८ पनि परिषद् सदस्य निर्वाचित भएको थियो ।

नयाँ निर्वाचित हुने अन्य मुलुकहरूमा अफ्रिकाबाट सेनेगल, मलाबी, आइभरी कोस्ट र गावोन निर्वाचित थिए भने पूर्वी युरोपबाट रुस र युक्रेन दुवै परिषद्मा आए । दक्षिण अमेरिकाबाट मेक्सिको, बोलेभिया र क्युबा तथा युरोपबाट बेलायत र फ्रान्स परिषद्मा निर्वाचित भए । एसिया प्यासेफिक क्षेत्रबाहेक अन्य मुलुकमा सर्वसम्मत छानिएका हुन । न्युयोर्कस्थित राष्ट्रसंघीय नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राईले परिषद् सदस्यमा नेपाल पुनः निर्वाचित हुनुले राजनीतिक र मानव अधिकारमा नेपालको प्रगतिशील यात्रालाई अन्तर्राष्ट्रिय समुदायले स्वीकारेको जानकारी दिए ।

उनी र जेनेभास्थित स्थायी प्रतिनिधि मणि भट्टराईको टिमको लगातार प्रयासपछि यो उपलब्धि हात लागेको परराष्ट्र अधिकारीले बताए । नेपालले देशभित्र र शान्ति मिसनमार्फत संसारका विभिन्न क्षेत्रमा गरेको मानव अधिकारको संरक्षण र संवद्र्धनको मूल्याकंनसमेत भएको दुवै स्थायी प्रतिनिधिको धारणा छ । उनीहरूले सदस्यमा चयन गर्न सहयोग गर्ने मुलुकहरूलाई धन्यवाद दिएका छन् ।

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह