एसिया अनुसन्धान र विकासको विश्वव्यापी हब बन्ने क्रममा : रिपोर्ट

शेन्जेन- एसिया निरन्तर रूपमा अनुसन्धान र विकास (आर एन्ड डी) र नवाचारको लागि विश्वव्यापी केन्द्रको रूपमा उभिएको छ । एसियाको विज्ञान र प्रविधि नवाचार क्लस्टरहरूको सङ्ख्या र गुणस्तर दुवैमा उल्लेखनीय वृद्धि भएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको हो ।
प्रतिवेदनले सन् २०२३ मा शीर्ष १०० विज्ञान र प्रविधि क्लस्टरहरू मुख्यतया पूर्वी एशिया, पश्चिमी युरोप र उत्तर अमेरिकामा केन्द्रित भएको देखाएको छ ।
यी मध्ये, जापानको टोकियो विश्वको सबैभन्दा ठूलो विज्ञान र प्रविधि हबको रूपमा खडा भयो ।
यसबाहेक प्रतिवेदन अनुसार गुआङडोङ–हङकङ–मकाओ ग्रेटर बे एरिया क्लस्टरले औद्योगिक प्रविधि नवप्रवर्तनमा आफ्नो उपलब्धिहरूको लागि बढ्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको जनाएको छ ।
चीन, जापान र गणतन्त्र कोरियाले कृत्रिम बुद्धिमत्ता र सञ्चार प्रविधिमा प्रमुख स्थानहरू राखेको छ । (सिन्ह्वा)

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_OnFBH6FGnd_erv23q1ls1qr2tiuipkbtkfm8fkkiu1z8morhnwgkq9loqls5xehsh7hxivl.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

प्रतिक्रिया