घुम्ती पुस्तकालयबारे जनचासो बढ्दै

महोत्तरी- महोत्तरीमा पछिल्लो समय घुम्ती पुस्तकालय (बुकबस)बारे जनचासो बढ्दै गएको छ । भङ्गाहा नगरपालिका–४ राष्ट्रिय आधारभूत विद्यालय, दलित र जनजाति बसोबासका टोलकेन्द्रित घुम्ती पुस्तकालयका कारण पठन रुचि बढाएको अभिभावकले बताएका छन् । अमेरिकी राजदूतावास र कारखाना समूहको पहलकदमीमा युवा सञ्जाल महोत्तरीले घुम्ती पुस्तकालय गतिविधि संयोजन गरेको हो ।
“विद्यालयबाट घर आएपछि खेल्न बढी ध्यान दिने बालबालिका घुम्ती पुस्तकालयबारे चासो दिन थालेका छन्”, स्थानीय ३२ वर्षीय रामईश्वर ठाकुर भन्छन्, “घुम्ती पुस्तकालयले पढ्ने बानीको विकास भएको छ ।”
घुम्ती पुस्तकालयमा सचित्र वर्णनात्मक सामग्री, खेल सामग्री र मनोरञ्जनात्मक अभ्यास गराउने गरिएको छ ।
“पुस्तकसँगको सम्बन्ध बढाउन र पठन अभिरुचि जगाउन खेल्दै, सिक्दै गर्ने विधि प्रभावकारी हुँदोरहेछ”, स्थानीय अशोककुमार महतोले भने । घुम्ती पुस्तकालय विद्यालय र बस्तीका चोकचोकमा पुर्याउँदा बालबालिकाको ध्यान यसतर्फ जान थालेको छ ।
बालबालिका घुम्ती पुस्तकालयतर्फ आकर्षित भएपछि आफूहरुलाई उत्साहित बनाएको युवा सञ्जालका अध्यक्ष रवीन्द्रकुमार महतोले बताए । जिल्लामा पहिलो चरणको दुईदिने अभ्यासमा तीन सयभन्दा बढी बालबालिका सहभागी भएका उनको भनाइ छ । “घुम्ती पुस्तकालयको उद्देश्य ससाना बालबालिकामा पढाइप्रति रुचि जगाउनु र खेलकुदको माध्यमले सिकाइ अवधारणा स्थापित गर्नु हो”, उनी भन्छन् ।
सामुदायिक विद्यालय तथा शिक्षाको पहुँचबाहिरका वर्ग, समुदायलाई लक्षित गरे यो कार्यक्रम बागमती, सुदूरपश्चिम र मधेस प्रदेशमा सञ्चालन भइरहेको युवा सञ्जालले जनाएको छ ।
सञ्जालले घुम्ती पुस्तकालयको अभ्यास र गतिविधि भङ्गाहा नगरक्षेत्रका सबैजसो विद्यालय र विद्यालय नजिकका बस्तीमा गराउने जनाएको छ । भङ्गाहापछि मनराशिशवा र मटिहानी नगरपालिकामा घुम्ती पुस्तकालय पुर्याइने अध्यक्ष महतोले जानकारी दिए ।

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

परेन पानी, भएन रोपाइँ

मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

प्रतिक्रिया