वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानुन व्यवसायीहरूको प्रदर्शन

काठमाडौं - वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानुन व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् ।
आइतबार बार परिसर रामशाहपथमा सर्वोच्च अदालत बार एसोसिएसनको आव्हानमा कानुन व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर विरोध आक्रमणको विरोध जनाएका हुन् ।
उनीहरुले वरिष्ठ अधिवक्तामाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने जनाएका छन् । त्यस्तै कानुन व्यवसायीको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनीहरूले बताएका छन् ।
विरोध प्रदर्शनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सवै एकताबद्ध भएर कानुन व्यवसायीमाथि भएको आक्रमणको विरोध गर्नुपर्ने बताए । कानुन व्यवसायी असुरक्षित भए अदालत नै असुरक्षित हुने भएकाले सरकारले ध्यान दिनुपर्ने उनले बताए । उनले कानुन व्यवसायीमाथिको आक्रमण लोकतन्त्रमाथि लाग्न खोजेको ग्रहण भएको जिकिर गरे ।
त्यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले कानुन व्यवसायीमाथि भइरहेको आक्रमण रोक्न एकता आवश्यक रहेको बताए । उनले त्रिपाठीमाथि भएको आक्रमणको विस्तृत रूपमा अनुसन्धान गरेर सवैलाई कानुनको कठघरमा उभ्याउनुपर्नेमा जोड दिए ।
त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी न्यायीक प्रक्रियाको अभिन्न अंगको रुपमा रहेको कानून व्यवसायीमाथिको आक्रमण उचित नभएको बताए । उनले उक्त घटनाको जिम्मेवारी रास्वपाले लिनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने माग गरे । आफूले बहस गर्दै फर्कदा आफूमाथी भौतिक आक्रमण भएको उनले बताए ।
गत बुधबार काठमाडौँ जिल्ला अदालतमा सङ्गठित अपराध र ठगी मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया