खो खो विश्वकप : पुरुषतर्फ नेपाल उपविजेता

काठमाडौं - पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ । नेपाल फाइनलमा भारतसँग पराजित भएको हो ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अंकले पराजित भएको हो । यसअघि आजै भएको महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग नै ७८–४० अंकले पराजित भएको थियो ।
पुरुषतर्फ नेपाल समूह ‘ए’को उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो । नेपाल पहिलो खेलमा भारतसँग ४२–३७ अंकले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले पेरूलाई ८०–३४ अंकले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अंकले तथा चौथो खेलमा भुटानलाई ९८–८ अंकले हराएको थियो । नेपालले क्वाटरफाइनलमा बङ्गलादेशलाई ६७–१८ अंकले तथा सेमिफाइनलमा इरानलाई ७२–२० अंकले पराजित गरेको थियो ।
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपीएलको फाइनलमा

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

प्रतिक्रिया