बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

हिमालयन बैंकको दोस्रो त्रैमासमा १ अर्ब बढी कमायाे

सांकेतिक फोटो

काठमाडौं- हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यस बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ९५ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी १० प्रतिशत भन्दा धेरैले घटेपछि नाफा वृद्धि कमजोर भएको हो । बैंकले यस अवधिमा ५ अर्ब २३ करोड ५६ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको भन्दा १०.०४ प्रतिशतले कम हो । गत आवको पुस मसान्तसम्म बैंकले ५ अर्ब ८२ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

त्यसैगरी, सञ्चालन नाफा २ अर्ब २१ करोडबाट बढेर ३ अर्ब १२ करोड पुगेको छ । खुद ब्याज आम्दानी घटे पनि बैंकको इम्पेयरमेन्ट चार्ज उच्च दरले घटेका कारण सञ्चालन नाफामा सुधार आएको छ । यसकारण बैंकको खुद नाफा बढ्न सकेको हो । बैंकको सञ्चालन मुनाफा ४१.२२ प्रतिशत बढेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ९४ करोडबाट घटेर १८ करोड ४६ लाखमा  झरेको छ । हिमालयनको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २० अर्ब ४३ करोड रुपैयाँ जम्मा रहेको छ । पुस मसान्तसम्ममा बैंकले २ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा दर ४.९५ प्रतिशत बढेर ४.९८ प्रतिशतमा पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १७६.११ रुपैयाँ छ ।

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य, चार्जिङ स्टेसन र रेष्टुरेन्टमा विशेष छुट

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य, चार्जिङ स्टेसन र रेष्टुरेन्टमा वि…

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्तार

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध