जब हवल्दार तिवारी सडकमा कुँचो लिएर पुगे...

काठमाडौँ- तपाइलाई काठमाडौँका सडकमा देखिने ट्राफिक प्रहरी देख्नसाथ दिमागमा कस्तो कुरा आउँछ ? सडकमा उभिएर सवारीसाधनको कागजपत्र परीक्षण वा चालकलाई कारबाही गर्ने भनेर आउँछ होला ।
तर काठमाडौँमै केही ट्राफिकमा हातमा जरिवानाका चिट देखिबाहेक कुँचो पनि हुन्छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ । हो यस्तै दृश्य देख्न सकिन्छ जहाा कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य सडकमा ट्राफिक प्रहरी प्रभाग थलिका हवल्दार मनोज तिवारी सडक सफा गरिरहेका हुन्छन् । उनले पेशा मात्र नभइ आफ्नो कर्मले पनि परिचय बदलिदिएका छन् ।
सडकमा उँभिने उनी सडकमै कुँचो लिएर पुग्छन् । उनले देख्ने हरकोहीँ उनीबाट प्रभावित हुने गर्छन् ।
उनी आफ्नो पेशामा रहेर जिम्मेवारी मात्र पुरा गर्दैनन् । आफ्नो नियमित कर्तव्यसँगै अतिरिक्त समयमा समुदायप्रतिको आफ्नो जिम्मेवारी पुरा गर्छन् । कुँचोले सडक सफाइ गर्नु पनि आफ्नो जिम्मा रहेको उनी ठान्छन् ।
हवल्दार तिवारी आफ्नो नियमित जिम्मेवारीसँगै सडक सफाइमा लागि परेका छन् । सडकमा गाडीबाट खसेका धूलो र माटोले सवारी आवागमनमा अवरोध सिर्जना गर्न सक्ने भएकाले उनी नियमित सडक सफाइ गर्छन् ।
उनको यो कार्यले केवल स्थानीयवासी र यात्रुहरूको मन जितेको छ, तर प्रहरीको भूमिकामा पनि नयाँ आयाम थपेको छ । स्थानीयवासीले यो प्रयासलाई उच्च सम्मान गर्दै भने,“यसले ट्राफिक प्रहरीको जिम्मेवारीप्रतिको लगनशीलता र समर्पणलाई झल्काउँछ। यो सबैका लागि प्रेरणाको स्रोत बन्न सक्छ।”
तस्वीरहरु : बिदुर गिरि

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया