देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै

लुम्बिनी (मर्चवार)- लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ ।
बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरूको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदह र रामग्रामबाट सञ्चालन गरिने कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले बताए । देवदह शीतलनगरबाट मणिग्राम, भैरहवा बेलहिया विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा बिजुली बस सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिए ।
कोषाध्यक्ष भट्टराईका अनुसार साताको तीन दिन देवदह र तीन दिन बुद्धको अस्तुधातुस्थित रामग्रामबाट बिजुली बस सञ्चालन गर्नेगरी नयाँ रुट बनाइएको हो । उनले कोषले बहत्तर लुम्बिनी क्षेत्रको तीर्थयात्रुलाई सेवा दिनेगरी बिजुली बस सञ्चालनमा ल्याइएको बताउँदै अहिले दानपेटिका राखेर निःशुल्क सेवा प्रदान गरिँदै आइएको जानकारी दिए ।
उनले धार्मिक क्षेत्रका स्थानीय पालिका, सामुदायिक सङ्गठन र सङ्घसंस्थासँग सहकार्य र समन्वय गरी कोषको समयसापेक्ष नीतिसहित स्थानीयसँग लुम्बिनी कार्यक्रम अवधारणालाई व्यवहार ल्याउने प्रतिबद्धता जनाए । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँच वटामध्ये दुई बस धम्मयात्रा लेखेर परीक्षणस्वरुप सञ्चालन गरिएको छ ।

लुम्बिनीको नीति तथा कार्यक्रम : सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_8PIYLFHVaT_atppxcek0p0xbespwhxpquysdoh8c0kmjrq9dk677nmixeqicfpjq6qwxegc.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_yras5GqMEm_ljal6itubsxobzz06vzuuqf9bfeepvkown23xfmcq7ix2vi0ltpdjcsi7bsl.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

प्रतिक्रिया