दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

भद्रपुर (झापा)- मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।
सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । गत आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो ।
भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो । चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।
कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ । चालु आवको छ महिनामा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो ।
कार्यालयको तथ्याङ्कानुसार प्लाइउड २७ दशमलव ९०, सिमेन्ट क्लिङ्कर चार हजार एक सय ४१, भेनियर सिटको निर्यात दुई सय ३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ । पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको छ महिनामा रु १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ । रासस

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_fvlqakVxtL_coftrmpe20nc8g3s3y4hgnbncioldmiccl92aiz4n4kq1el6n8dscqtwokpr.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया