मेयर साम्पाङ सिंहदरबारमा, सुरक्षाकर्मीले लैजान दिएनन् रित्तो गाग्री

काठमाडौँ- खानेपानीको लागि दबाब दिन भन्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सिंहदरबार प्रवेश गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न भन्दै मेयर साम्पाङ मंगलबार सिंहदरबारमा प्रवेश गरेका हुन् ।
खानेपानी मन्त्रालयलाई पटक पटक धरानमा पानी ल्याउन ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको मेयर साम्पाङले गुनासो गरे । धरानमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकारलाई दबाब दिनुपरेको मेयर साम्पाङले बताए । आ-आफ्नो काम इमान्दारिता साथ गर्नुपर्ने उनको भनाई छ । धरानका जनताको खानेपानीको दीर्घकालीन व्यस्थापन नभएसम्म सरकारलाई घच्घच्याउने उनले बताए ।
त्यसअघि मेयर साम्पाङ रित्तो गाग्रीसहित प्रवेश गर्न सक्ने भन्दै सिंहदरबार परिसरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । धरानमा खानेपानीको समस्या रहेको भन्दै साम्पाङ रित्तो गाग्रीसहित सोमबार काठमाडौँ आइपुगेका हुन् । तर उनले रित्तो गाग्री भने लैजान पाएनन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया