बारले ५औं ल एसिया अन्तराष्ट्रिय मानव अधिकार सम्मेलन गर्ने

काठमाडौं - नेपाल बार एसोसिएसनले ५ औँ ल एसिया अन्तराष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना गर्ने भएको छ ।
बार एसोसिएसनले मंगलबार पत्रकार सम्मेलन गर्दै आउँदो फागुन ३ गतेदेखि फागुन ५ गतेसम्म दुई दिन सम्मेलनको आयोजना गर्ने जानकारी दिएको हो ।सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मानव अधिकारको सहनशीलताःप्राविधिक,वातावरणीय र सामाजिक चुनौतीहरूको सामना भन्ने विषयवस्तुका मुद्दाहरूलाई सम्मेलनमा सम्बोधन गरिने नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
नेपालमा पहिलो पटक सम्मेलनको आयोजना गर्न पाउँदा गर्व महसुस भएको अध्यक्ष घिमिरेले बताए । विश्वभरका न्यायपालिका,कानुन व्यवसायी,मानवअधिकारकर्मीहरुको सहभागितामा नेपालमा हुने यस सम्मेलनले नेपालको मानवअधिकार संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।
सम्मेलनमा ल एसियाका सदस्य गैरसदस्य गरी २० भन्दा बढी राष्ट्रका १५० सय भन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाउने छन् ।सम्मेलनमा मानव अधिकार,आदिवासी जनजाति, समुदायका अधिकारहरू गरी १२ वटा विषयगत सत्रमा छलफल हुने बार एसोसिएसनले जनाएको छ । ल एसियाले कानुनी पेशाको हक हितका लागि आवाज मुखरित गर्ने संस्थाको रूपमा विगत ५० वर्षदेखि काम गर्दै आएको छ ।

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद, २ करोड ३० लाख जरिवाना

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

प्रतिक्रिया