शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

प्रदेशसभामा विधेयक माथि सैद्धान्तिक छलफल सुरु

फाइल फोटो

विराटनगर- कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५’लाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयक विचार गरियोस् भनी सभामा पेस गरेका थिए।

उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामका तर्फबाट मन्त्री भण्डारीले ‘प्रदेश जीव नाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ सदनमा पेस गरे ।

उनले संविधानमा साझा अधिकारभित्र परेको यो ऐनमार्फत विषादीको प्रयोग, आयात, वितरण र भण्डारण, नवीकरणजस्ता विषयलाई व्यवस्थित गर्न ऐन आवश्यक भएको बताए ।

छलफलमा प्रदेशसभा सदस्य रमेशकुमार वस्नेत र किशोरचन्द्र दुलालले प्रस्तुत ऐन मुख्य न्यायाधिवक्ताको सेवा र सुविधा बढाउन मात्र नभई असल शासन र कुशल प्रशासनका लागि उचित छ भने।

विशेष समय

विशेष समयमा नेपाली कांग्रेसका विनोद राईले बिजुली उत्पादनको नाममा गाउँबस्ती विस्थापित हुनुहुँदैन भने ।उनले किसानलाई मल र बीउको व्यवस्था गर्न माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमराज थाम्साङले गत असोजको बाढीबाट प्रभावित भएकालाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराए ।

शून्य समय

शून्य समयमा मुलुकको समसामयिक विषयमा प्रदेशसभा सदस्य भीम पराजुली, मैया श्रेष्ठ, तीलचन पाठक, प्रदीपकुमार सुनुवार, रामदेव यादव, कमलप्रसाद जवेगु, सविना बजगाँई, गोविन्द गिरी र शोभा चेम्जोङले सरकारको ध्यानाकर्षण गराएको थियो । प्रदेशसभाको अर्को बैठक बुधबार अपराह्न २ः०० बजे बस्नेछ । रासस

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्यान्वयन गर्नू'

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको हुँ

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः सांसद बर्तौला

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः स…