प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता

मकवानपुर - बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट ल्याइएको तीन वटा विधेयक आज दर्ता गरिएको सो सचिवालयले जनाएको छ ।
दर्ता गरिएको ती संशोधन गर्नुपर्ने विधेयकहरु क्रमशः प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवलायका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
यसैगरी, उनले मदनभण्डारी स्वास्थ्य, विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि दर्ता गरिएको बताए ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज संक्षिप्त कुराकानी गर्दै यही माघको तेस्रो हप्ताबाट प्रदेशसभाको बैठक बस्ने र सोही बैठकले ती तीन वटा संशोधन गर्नुपर्ने विधेयकलाई पूर्ण बैठकमा छलफल गराइ पारित गर्ने लक्ष्य रहेको बताए ।
उनले वर्षे अधिवेशनबाट विभिन्न समितिमा छलफलका लागि पठाएका केही विधेयकको प्रतिवेदनसहित आउने विधेयकलाई पनि सोही बैठकमा प्रस्तुत गरी छलफल गराउने कार्यसूची राखिएको पनि जानकारी दिए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया