जापानमा एउटा माछा २०७ मिलियन येनमा बिक्री, संसारभर चर्चा

टोकियो- टोकियोको प्रख्यात माछा बजारमा भएको लिलामीमा ब्लूफिन टुनाको लागि २०७ मिलियन येन तिरिएको छ।
वर्षौंदेखि जापानमा लोकप्रियता हासिल गरेको नयाँ वर्षको परम्परामा सुशी चेनले २०७ मिलियनमा सो माछा खरिद गरेको हो । जसको चर्चा अझै बढीरहेको छ । लगभग एक मोटरसाइकलको आकार अर्थात २७६ किलोग्रामको थियो ।
यो लगातार पाँचौं वर्ष हो कि एउटै बोलीदाताले उच्चतम बोली लगाएर यति महंगाेमा टुना माछा खरिद गरेकाे, जुन घटनाले जापान देखी विश्वभरीकाे मिडियाको ध्यान खिचिरहेको छ । ‘पहिलो टुना राम्रो भाग्य ल्याउने प्रतीक हो,’ ओनोडेराका एक अधिकारी शिन्जी नागाओले लिलामी पछि पत्रकारहरूलाई भने, ‘हाम्रो आशा छ कि मानिसहरूले यसको आनन्द लिनेछन् र नयाँ बर्ष भरी मज्जा लिनेछन्,’ नागाओले थपे।
गत वर्ष ओनोडेरा समूहले यस्तै टुनाका लागि ११४ मिलियन येन खर्च गरेको थियो । समाचार अनुसार ओनोडेरा समूहले सो टुनालाई जापानभरका मिशेलिन तारांकित गिन्जा ओनोडेरा रेस्टुरेन्ट र नाडामन रेस्टुरेन्टबाट पकवानको रूपमा बितरण गरिने छ ।
यो कीर्तिमान बोली जापानभर सुशी जान्माई रेष्टुरेन्ट चेन चलाउने ‘टुना किङ’ भनेर चिनिने कियोशी किमुराले लगाएका हुन । यसअघि उनले २०१९ मा एक २७८ किलोग्राम ब्लूफिन टुनाका लागि सबैभन्दा उच्च लिलामी मूल्य ११४ मिलियन येनमा खरिद गरेका थिए ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया