वर्षौंपछि इशाको बलिउडमा कमब्याक

मुम्बई : धर्मेन्द्र र हेमा मालिनीकी जेठी छोरी इशा देवलको अभिनय यात्रा मातापिताको तुलनामा कमजोर रह्यो । ‘कोई मेरे दिल से पुछे’बाट डेब्यू गरेकी उनले आफ्नै आमाले निर्देशन गरेको फिल्म ‘टेल मी ओ खुदा’पछि बलिउडबाट लगभग बिदा लिएकी थिइन् ।
हेमा मालिनीले निर्देशन गरेको यो फिल्म सन् २०११ मा रिलिज भएको थियो । त्यसयता विवाह गरेर दुई सन्तानकी आमा इशा देवल फाट्टफुट्ट मात्र फिल्ममा देखिँदै आएकी थिइन् । अब भने उनले बलिउडमा दोस्रो पारी सुरु गर्ने भएकी छिन् ।
खबरअनुसार इशाले अजय देवगनको जोडीको रुपमा ओटीटीबाट आफ्नो दोस्रो पारी सुरु गर्न लागेकी हुन् । ‘रुद्र’नामको यो सिरिजबाट अजय देवगनले पनि ओटीटीमा डेब्यु गर्ने छन् । फिल्ममा इशाले अजयको श्रीमतिको भूमिका निर्वाह गर्नेछिन् । यो फिल्ममा दक्षिण भारतकी अभिनेत्री राशी खन्नाको पनि अभिनय रहनेछ ।
यो फिल्म अंग्रेजी सिरिज ‘लुथर’को रिमेक हो । सिरिजमा इद्रिस अल्बाको मुख्य भूमिका रहेको छ ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया