२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट
काठमाडौँ- २६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट सुरू हुँदैछ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारबाट काठमाडौँमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने सभापति कप उद्घाटन खेलमा आज ब्वाइज युनाइटेड र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेबाट सुरू हुनेछ । आजबाट सुरु भइ सो प्रतियोगिता माघ १७ गते सम्पन्न हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र संकटा क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउने नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया