भारतको पहिलो एरियल एक्सन फिल्म ‘फाइटर’मा ऋतिक र दीपिकाको जोडी

मुम्बई : अन्तत : भायकम १८ ले भारतको पहिलो एरियल एक्सन फिल्म निर्माण गर्ने औपचारिक घोषणा गरेको छ । ‘फाइटर’ नाममा बन्ने यो फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोनको मुख्य भूमिका रहने कम्पनीले जनाएको छ ।
फिल्मलाई ‘ब्यांग ब्यांग’, ‘वार’ तथा ‘पठान’ निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन् । ‘वार’ झैं भारतीय सैनिकको वीरगाथामा केन्द्रित फिल्म विश्वका दर्शक लक्षित रहने जनाइएको छ । त्यसैले फिल्मको सुटिङ पनि विश्वका प्रमुख सहरमा गरिने निर्माण टिमले जनाएको छ ।
भायकमका सीओओ अजित अन्धारेले फिल्मले दर्शकलाई सिनेमाको नयाँ दुनियाँ देखाउने बताए । ‘एरियल एक्सन फिल्मले सिनेमाको छुट्टै स्वाद पस्कनेछ,’ उनले भने, ‘ भारतमा योभन्दा अघि यसरी फिल्म बनेको छैन । ‘टप गन’को प्रशंसक भएका नाताले मैले लामो समयदेखि यस्तो स्क्रिप्ट खोजिरहेको थिएँ । सिद्धाथको यो विधामा राम्रो दखल छ र उनले फिल्मलाई नयाँ उचाइ दिन सक्छन् ।’
आनन्दले पनि यो फिल्मले बलिउडलाई एक्सन मनपराउने विश्वका दर्शकसम्म पु¥याउने विश्वास व्यक्त गरे । फिल्म वितरण तथा निर्माण समानान्तर रुपमा सक्रिय भायकमले ‘लालसिंह चढ्ढा’ र ‘स्याबास मिठ्ठु’ जस्ता फिल्म बनाइरहेको छ भने यसले ‘क्वाइट प्लेस २’, ‘मिसन इम्पोसिबल ७’ जस्ता फिल्म वितरण गरिरहेको छ ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया