काश्मिरमा ‘रहस्यमय रोग’, १७ जनाले गुमाए ज्यान गुमाएपछि गाउँ नै सिल

काश्मिर- जम्मु र कश्मीरको एउटै गाउँमा १७ जनाको रहस्यपूर्ण मृत्यु भएको छ ।
‘रहस्यमय रोग’ बाट मृत्यु हुनेहरूमा अधिकांश बालबालिका रहे पछि अनुसन्धान सुरू गरिएको छ ।
गत ७ डिसेम्बरदेखि जम्मूको राजौरी जिल्लाको दुर्गम गाउँ बधलमा १२ बालबालिकासहितको मृत्यु भएको थियो ।
पीडित परिवारले बिरामी सुरुमा खाद्य विषाक्तता जस्तै लक्षणहरू देखिने र अचानक होश गुमाउने अनि त्यसपछि मृत्यु हुने गरेको जनाएका छन् । जसका कारण सो गाउँलाई ‘कन्टेनमेन्ट जोन’ घोषणा गरेर अनुसन्धान सुरू गरेका छन् । ताकी, यो रोगका संक्रामक नफैलियोस भन्ने उदेश्य राखिएको छ ।
सो घोषणापछि महामारीको डर नरहेको स्थानिय स्वास्थ्य अधिकारीले बताएका छन् ।
स्थानीय अस्पतालका प्रमुख डा. एएस भाटियाले भर्ना गरिएका चार बालबालिकासहित पहिलो ५ बिरामीमा वान्ता र झाडा पखालालगायतका खानामा विषाक्तताका लक्षण देखिएको बताए । त्यसपछि घाँटी दुख्ने र सास फेर्न समस्या भएको स्थानियले स्वास्थ्यकर्मीलाई जानकारी गराएका छन् ।
संघीय सरकारले छानबिन गर्न आदेश दिएको छ । स्थानीय प्रशासनले गठन गरेको विशेष अनुसन्धान टोलीमा प्रहरी अधिकृत, रोगविज्ञ र अन्य विज्ञ सम्मिलित टोलीले हालसम्म दर्जनौं व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया