भारतको कारखानामा भएको विष्फोटमा परी आठ जनाको मृत्यु

नयाँ दिल्ली - पश्चिमी भारतको महाराष्ट्र राज्यको एक अस्त्र कारखाना भित्र शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भंडारा जिल्लामा रहेको कारखानामा स्थानीय समय अनुसार बिहान १०ः३० बजे विस्फोट भएको हो । स्थिति नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए ।
विस्फोटका कारण कारखानाको छत भत्किँदा मजदुरहरू फसेका थिए ।
अधिकारीहरूले भग्नावशेष हटाउन र फसेकाहरूको खोजी गर्न एक्साभेटर ल्याएका छन् । घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ ।
विष्फोटको आवाज पाँच किलोमिटरको दायरामा सुनिएको समाचारमा जनाइएको छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले विष्फोटप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
“उद्धार टोलीहरू घटनास्थलमा तैनाथ छन् । प्रभावितहरूलाई सहयोग पु¥याउन सबै प्रयासहरू भइरहेका छन्,” सिंहले सामाजिक सञ्जालमा पोस्टमा उल्लेख गरेका छन् ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया