आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

प्रधानमन्त्री टि-२० को उपाधिका लागि एपीएफ र सुदूरपश्चिम भिड्‌दै

काठमाडौँ- प्रधानमन्त्री कप महिला टी–२०का लागि उपाधीका लागि आज प्रतिस्पर्धा हुँदैछ ।   

राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन । सो खेल शनिबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

शुक्रबार भएको सुपर–४ को अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइलनमा प्रवेश गरेर उपाधिका लागि आएको हो भने त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लब फाइनलमा पुगेको हो ।