७८ प्रतिशत बढी नाफा लिएर अक्षय कुमारले बेचे मुम्बईको घर

मुम्बई- बलिउड स्टारहरूलाई फिल्मबाट कसरी कमाउन सकिन्छ भन्ने थाहा छ भने उनीहरूमा लगानी गर्ने सीप पनि उत्तिकै रहेको छ।
मुम्बईमा धेरै स्टारका आलिशान घरहरू रहेका छन् । कोही घर भाडामा दिन्छन् त कोही चर्को मूल्यमा बेच्छन् । हालै बी–टाउनका खिलाडी उर्फ अक्षय कुमार पनि आफ्नो महँगो सम्पत्ति बेचेर चर्चामा आएका छन् ।
स्काई फोर्सको रिलिजलाई लिएर चर्चामा रहेका अक्षय कुमार रियल स्टेटमा लगानी गर्न अग्रपंक्तिमा रहेका स्टारमध्येका एक हुन् । अक्षयको मुम्बईदेखि गोवासम्म धेरै घरहरू रहेका छन् । अब एक समाचार अनुसार अभिनेताले हालै आफ्नो करोडौंको घर बेचेका छन् । जुन घर बोरिवली पश्चिममा थियो।
स्क्वायर यार्डका अनुसार यस लेनदेनसँग सम्बन्धित सम्पत्ति दर्ता कागजातहरू समीक्षा गरिएको छ। अक्षय कुमारद्वारा बेचेको सम्पत्ति स्काई सिटीमा स्थित छ, ओबेरोय रियल्टीद्वारा विकसित र २५ एकडमा फैलिएको छ। अभिनेताले यो अपार्टमेन्ट ४.२५ करोडमा बेचेका हुन् । जुनबाट उनले ७८ प्रतिशत नाफा कमाउन सफल भएका थिए ।
अक्षय कुमारले यो सम्पत्ति नोभेम्बर सन् २०१७ मा किनेका थिए । त्यतिबेला उनले यो घरका लागि २.३८ करोड मात्रै तिरेका थिए । अपार्टमेन्टमा १,०७३ वर्ग फुट क्षेत्रफलको छ र यसमा दुई वटा कार पार्किङ ठाउँहरू पनि छन्। तर, कारोबारमा भने २५.५ लाखको स्ट्याम्प शुल्क र रु ३०,००० दर्ता शुल्क समावेश गरिएको छ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया