अष्ट्रेलियामा २४ सयभन्दा बढी नेपालीले लिए मोबाइल पासपोर्ट सेवाबाट लाभ
अष्ट्रेलिया- गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरता र अष्ट्रेलियास्थित नेपाली दूतावाससँगको सहकार्यमा पछिल्लो एक वर्षमा दुई हजार चार सय नेपालीले मोबाइल पासपोर्ट सेवा लिएका छन् । अष्ट्रेलियाका पाँचवटा प्रमुख सहरमा सञ्चालन भएको मोबाइल पासपोर्ट सेवाबाट त्यहाँ रहेका नेपालीहरु लाभान्वित भएको जनाइएको छ ।
राजधानी क्यानबेरास्थित नेपाली दूतावासबाट टाढा रहेका स्थानहरूमा पासपोर्ट नवीकरणको समस्या समाधान गर्न एनआरएनए अष्ट्रेलियाले अग्रसरता लिएको थियो । यो सेवाले समुदायलाई समय र श्रम बचत मात्र नगरी लाखौँको खर्च जोगाउन समेत मद्दत गरेको पुगेको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।
एनआरएनएका स्वयंसेवकहरूले आवेदन संकलनदेखि प्राविधिक व्यवस्थापन तथा दूतावाससँग समन्वय गरी सेवालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो सेवाको व्यवस्थापनका लागि २५ अष्ट्रेलियन डलरदेखि ७० डलरसम्म प्रशासनिक शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
नेपालीहरुलाई सहज रुपमा सेवा प्रदान गर्न सुरु गरिएको उक्त सेवाबाट समयमै पासपोर्ट नवीकरण गर्न नसकेका नेपालीहरुले ठूलो राहत पाएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बताए । “यो सेवा यहाँ रहेका नेपाली समुदायको माग र आवश्यकताअनुसार आयोजना गरिएको हो, जसले सेवा लिन असमर्थ रहेका धेरै नेपालीलाई प्रत्यक्ष लाभ पुर्याएको छ”, उनले भने । आगामी दिनमा यस्ता सेवाहरूलाई अझ प्रभावकारी बनाउँदै लैजानेमा समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

प्रतिक्रिया