वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा

काठमाडौं - वैदेशिक रोजगारीमा रहेका नागरिकलाई लक्षित गरी आबुधावीस्थित नेपाली राजदूतावासले विशेष काउन्टर स्थापना गरी राहदानी नवीकरण सेवा सुरु गरेको छ । राजदूतावासमा राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको सङ्ख्या दिनानुदिन अत्यधिक बढ्दै गएकाले उक्त काउन्टर स्थापना गरिएको जनाइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको प्रवेशाज्ञाको अवधि समाप्त भइसकेका, राहदानी हराएका र राहदानीको म्याद सकिन लागेका तथा विभिन्न कारणले समस्यामा परी राहदानी नवीकरण गर्नुपर्ने अवस्था भएकालाई उक्त सेवाले राहत दिएको जनाइएको छ ।
नेपाली नागरिकका लागि विशेष प्राथमिकता दिई सञ्चालन गरिएको आजको शिविरमा पाँच सय ४८ जनाको राहदानी नवीकरण गरेको छ । राहदानी नवीकरणका लागि विशेष काउन्टहरु सञ्चालन गर्ने कार्यमा गैरआवासीय नेपाली संघ, युएईले स्वयंसेवक उपलब्ध गराई आवश्यक सहयोग प्रदान गरेको जनाइएको छ ।
राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैँ क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ । दूतावासले यसअघि पनि सार्वजनिक बिदाका दिनहरूमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविरहरू सञ्चालन गर्दै आएको र भविष्यमा पनि नेपाली नागरिकको हितलाई ध्यानमा राखी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री देउवाको निर्देशन

‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’

तीन तहको सरकारको समन्वयमा उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो : उपप्…

गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोटमा प्रचण्ड

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री ओली

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

प्रतिक्रिया