राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
गत शुक्रबारदेखि काठमाडौंको धुम्बाराहीस्थित एक ब्याङ्क्वेटमा जारी बैठक हिजोसम्मका लागि तय गरिएको भएपनि सदस्यहरूको बोल्ने क्रम नसकिएकाले आजसम्म लम्बिएको हो ।
बोल्न बाँकी सदस्यहरूले आजको बैठकमा धारणा राख्नेछन् ।
जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनका बारेमा छलफल जारी रहने बताइएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया