महिला यात्रुलाई चालकले गरेको दुर्व्यवहारमा इनड्राइभको भनाई

काठमाडौँ- राइड शेयरिङ एप इनड्राइभ कम्पनीले हालै एक नेपाली महिला यात्रुमाथि भएको दुर्व्यवहारप्रति खेद प्रकट गर्दै त्यसका लागि कम्पनीका तर्फबाट माफी मागेको छ । त्यस्ता कार्यप्रति आफूले शून्य सहनशीलताको नीति अपनाउने गरेको पनि कम्पनीको भनाइ छ ।
नेपालमा हालै इनड्राइभका एक चालकले एक महिला यात्रुलाई दुर्व्यवहारपूर्ण कार्य गरी पक्राउ परेपछि इनड्राइभका तर्फबाट यस्तो भनाइ आएको हो ।
साथै कम्पनीले सेवाग्राहीको सुरक्षा र सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको बताउँदै दुर्व्यवहारमा परेकी महिलाको न्यायका लागि सम्बन्धित निकायसँग सहकार्य र सम्बन्धित अधिकारीहरूलाई सहयोग गरिरहेको जनाएको छ ।
इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘इनड्राइभले आफ्ना सेवाग्राहीहरूमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानुनी कार्य, दुर्व्यवहारपूर्ण कार्य तथा आचरणलाई कडा रूपमा अस्वीकार गर्दछ साथै यस्ता कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति कायम राख्छ र यस्तो व्यवहारको कडा निन्दा गर्दछ ।
हामीले हाम्रा सेवाग्राहीको सुरक्षा र सन्तुष्टि, विशेषगरी महिलाहरूको सुरक्षा र उनीहरूको अनुभवलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएका छौं । हालै हामी हाम्रा सेवाग्राहीले भोग्नुपरेको दुःखद् घटनाप्रति खेद व्यक्त गर्दछौं र क्षमाप्रार्थी छौं ।
इनड्राइभ एक जिम्मेवार र आफ्नो सेवाग्राहीहरूलाई अग्रस्थानमा राख्ने कम्पनी हो । हामी यस घटनामा सम्बद्ध महिलाको निष्पक्ष न्याय सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग पूर्ण रूपमा सहकार्य गरिरहेका छौं । हामी यस विषयमा सम्बन्धित अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेका छौं । हाम्रा सेवाग्राहीहरूको विश्वास हाम्रो मुख्य मान्यता हो र हामी हाम्रो सेवामा निरन्तर सुधार गर्न प्रतिबद्ध छौं । किनकि विश्वव्यापी रूपमा इनड्राइभको लागि सेवाग्राहीहरूको विश्वास एक प्रमुख मूल्य हो ।
हामी इनड्राइभसँग तपाईंले गर्ने प्रत्येक छनोट सुरक्षित छ भनी सुनिश्चित गर्ने लक्ष्य राख्छौं, त्यसैले हामीले प्रयोगकर्ताहरूलाई विभिन्न सुरक्षा सुविधाहरू प्रदान गरिरहेका छौं ।
जस्तैः
सेफ्टी बटन : सुरक्षा बटनले तुरून्तै सहयोगको लागि सपोर्टमा टिम सम्पर्क गर्न, प्रहरी वा एम्बुलेन्सलाई सम्पर्क गर्न सहयोग पुर्याउँछ ।
शेयर योर राइड : प्रयोगकर्ताहरूले वास्तविक समयमा यात्रा स्थितिको लागि साथीहरू वा परिवारसँग आफ्नो सवारी विवरणहरू साझा गर्न सक्छन् ।
रेट योर ड्राइभर एण्ड पेसेन्जर : हामी हाम्रा प्रयोगकर्ताहरूलाई प्रत्येक यात्रापछि चालक वा यात्रुको मूल्यांकन गर्न प्रोत्साहित गर्छौं । यसले हाम्रा सेवाहरूलाई थप सुरक्षित बनाउँछ ।’

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_OZdVhes5UJ_klohapahpjwlsnmh5zrvsgoer6t2rgnmztkwvllxglxczpxqgamsocidzxow.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया