आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

एमालेले बोलायो संसदीय दलको बैठक

फाइल फाेटाे

काठमाडौं - नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

संसदको अधिवेशन सुरू हुनु ३ दिन अघि अर्थात् आगामी माघ १५ गतेका लागि दलको बैठक बोलाएको हो।

राष्ट्रपति रामचन्द्र पौडेललले संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाइएको छ।

संसदमा पार्टीका सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।