इजरायली आक्रमणबाट लेबनानमा ११ जनाको मृत्यु, ४४ घाइते

काठमाडौं - दक्षिणी लेबनानमा आफ्नो घर फर्कन खोजिरहेका लेबनानीहरूको भीडमाथि इजरायली सेनाले गोली चलाउँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य ४४ जना घाइते भएका छन् ।
लेबनानी सेनाको एकाइहरूले अल–मुफायलेहा क्षेत्रमा इजरायली आक्रमणको सामना गर्यो । जसको परिणामस्वरूप ११ जनाको मृत्यु भएको छ ।
आइतवार लेबनानी क्षेत्रहरूबाट इजरायलको फिर्ताको लागि ६० दिनको समयसीमा समाप्त भएको छ ।
इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बीचको द्वन्द्व पछि नोभेम्बरको अन्तमा भएको युद्धविराम सम्झौता अन्तर्गत लेबनानी सेनाले लितानी नदीको दक्षिणी क्षेत्र नियन्त्रणमा लिनेछ ।
युद्धविराम सम्झौताको बावजुद, इजरायली सेनाले लेबनानमा आक्रमण जारी राखेको छ, जसमध्ये केही सीमा क्षेत्रमा मृत्यु र घाइते भएका छन् ।

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

भारतको औषधि कारखानामा विस्फोट : मृतकको संख्या ३६ पुग्यो

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

अटोपायलटले काम नगरेपछि मस्कमाथि करोडौं डलर जरिवाना हुन सक्ने

इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

वार्ता पुनः सुरु हुनअघि अमेरिकाले थप आक्रमण नगर्ने आश्वासन दिनुपर्छ : इरान
चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम…

प्रतिक्रिया