कांग्रेस संसदीय दलको बैठक आज पनि

काठमाडौँ- संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।
आइतबार दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।
बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल जारी रहेको छ । साथै केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका बारेमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसदमा पेश भएका बिधेयक तिब्रताका साथ पारित गर्ने लगायतका बिषयमा छलफल भइरहेको छ ।
र, दुई दिनसम्म चल्ने बैठकले माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेशनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल चलिरहेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
आगामी १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । गत पुस २६ गते बसेको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनका अधिवेशन आह्वान गरिसकेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया