रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।
बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थली, काठमाडौँमा बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।
बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्याट विभाग नियमावली २०८१ मा छलफल हुने कार्यसूची रहेको रावलले जानकारी दिएकी हुन् ।
उनका अनुसार बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता विषयमा, संसद अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेण्डा रहेको जनाइएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया