सोनाम ल्होसारमा राक्सिराङमा तीन दिन बिदा

बागमती- मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृतिको कामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष मल्लले सो पर्वको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तिय संस्थामा तीन दिन बिदा दिइएको बताए ।

सशस्त्र प्रहरीले गर्यो नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

दूध अभावले ‘चितवन मिल्क’ बन्द
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

सवारी दुर्घटनामा तिमिल्सिनाको मृत्यु

पौडी पोखरीमा डुबेर महतोको मृत्यु, सँगै गएका ८ साथी पक्राउ

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

प्रतिक्रिया