पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन

तेह्रथुम– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गरेका छन् ।
रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले आज अवलोकन गरेका हुन् । पार्कको अवलोकनपछि उनले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गरे ।
लालीगुराँस नगरपालिकाको पहलमा निर्माण सुरु गरिएको पार्कमा युमा सङ्ग्रहालय पनि रहेको छ । पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबुहाङले बताए।
प्रचण्ड जिल्लास्तरीय राजनीतिक प्रशिक्षणको सिलसिलामा तेह्रथुम आएको प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का नेता दुर्गाप्रसाद चापागाईँले जानकारी दिए।

सगरमाथा संवादमा इलामे चियाको स्वाद

शिक्षा समितिमा विधालय शिक्षा बिधेयक माथी छलफल हुने

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

प्रतिक्रिया