टिकटकमा पनि ओलीको 'डेब्यु’

काठमाडौं : सामाजिक सञ्जालका सबै माध्यममा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमा पनि ‘डेब्यु’ गरेका छन् । देशको ठूलो पार्टी नेकपाका अध्यक्षसमेत रहेका उनले चार दिनअघि अकाउन्ट खोलेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
केपी शर्मा ओली अफिसियल नामको भेरिफाइड टिकटक अकाउन्टमा आजसम्म एउटा मात्र भिडियो पोस्ट भएको छ । उनलाई यो समाचार तयार पार्दासम्म १ हजार ४ जनाले फ्लो गरेका छन् भने उनको भिडियोलाई ६ हजार २ सय ११ जनाले लाइक गरेका छन् । उनको अकाउन्टमा रहेक टिकटकमा भाषणको अंश राखिएको छ ।
@kpsharmaoli_official We are working on service integration #digitalnepal
♬ original sound - We support Nepal - KP Sharma Oli
टिकटकले इन्टरनेटको ब्यान्डविथ धेरै खाने कारणले इन्टरनेट स्लो भएको भन्दै संसारभर चाइनिज एप बन्द गर्ने लहर छ । यसअघि अमेरिका र भारतले आफ्ना देशमा टिकटक एप बन्द गरेका छन् । तर, संसारभर बन्द हुँदै गएको एपमा प्रधानमन्त्रीले खाता खोल्नु त्यो पनि चिनियाँ रक्षामन्त्री एक दिने भ्रमणमा आएको पूर्व सन्ध्यामा, निकै नै अर्थपूर्ण मान्न सकिन्छ ।
प्रधानमन्त्री अघि प्रधानमन्त्रीसँग नै सिँगौरी खेलिरहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतको पनि टिकटक अकाउन्ट रहेको समाचार आएका थिए । तर, प्रचण्ड सचिवालयले सो अकाउन्ट आधिकारिक नभएको जानकारी दिएको थियो । प्रचण्डको नाममा खोलिएको टिकटक अकाउन्टमा २ सयभन्दा ज्यादा भिडियो पोस्ट गरिएको छ ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

प्रतिक्रिया