धरौटी बदरको माग गर्दै रविले दिए उच्च अदालतमा निवेदन

काठमाडौं - कास्की जिल्ला अदालतले तोकेको धरौटी बदरको माग गर्दै रास्वपा सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।
सोमबार उच्च अदालत पोखरा पुगेर लामिछानेले साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी निवेदन दर्ता गराएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुस २५ मा लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
उच्च अदालत पोखरामा निवेदन दिएपछि सञ्चारकर्मीको जिज्ञासामा लामिछानेले आफूले बोल्ने समय आएपछि बोल्ने प्रतिक्रिया दिए । आम नागरिकले बोलेका कुरा नै आफ्नो कुरा रहेको उनको भनाइ छ ।
यता ६५ लाख धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेश बदर गरि थुनामा राख्नुपर्ने भन्दै सरकारी वकिलको कार्यालयले यसअघि नै उच्च अदालत पोखरामा निवेदन दर्ता गरिसकेको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया