शुक्रबार ०९ साउन, २०८२
Friday, July 25, 2025

प्रस्तोतामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि जापानको फुजी टिभी प्रमुखद्वारा राजीनामा

जापान - जापानको फुजी टेलिभिजनका प्रमुखले एक सेलिब्रेटी प्रस्तोतामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सोमबार राजीनामा दिएका छन् ।  

फुजी टिभीले आफ्ना प्रमुख कोइची मिनातो र अध्यक्ष शुजी कानोहले राजीनामा दिने घोषणा गरेको पुष्टि गरेको छ । 

एक पत्रिकाले गत महिना जे–पप मेगास्टारबाट टिभी प्रस्तोता बनेका मासाहिरो नकाईले सन् २०२३ मा एक महिलाको सहमतिबिना यौन क्रियाकलाप गरेको समाचार सार्वजनिक गरेको थियो । 

ती महिलालाई ५२ वर्षीय नकाईले एकमुष्ट नौ करोड येन (पाँच लाख ७० हजार अमेरिकी डलर) भुक्तानी गरेपछि नकाई र ती महिलाले उक्त यौन दुर्व्यवहारलाई सार्वजनिक नगर्ने सम्झौतामा हस्ताक्षर गरेको थिए।

घटनाबारे समाचारहरू प्रशारण भएपछि कर्मचारीहरूले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउँदै म्याकडोनल्ड्स र टोयोटालगायत दर्जनौं ब्रान्डले निजी प्रसारणकर्ता फुजी टिभीबाट आफ्नो विज्ञापन फिर्ता लिएका थिए ।

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ विधेयक प्रस्ताव

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता