कृषकलाई २५ प्रतिशत छुटमा चैते धानको बीउ

बनियानी (झापा)- जिल्लाको कचनकवल गाउँपालिकाका कृषकलाई २५ प्रतिशत छुटमा सोमबार चैते धानको उन्नत बीउ वितरण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो ।
बीउ वितरक फार्म (एग्रो)का प्रमुख मानप्रकाश सङ्ग्रौलाले दुई हजार चार सय किलो धानको बीउ छुटमा वितरण गरिएको बताए । हल्दिनाथ–१ धानको बीउ स्थानीय मौसम र माटोको अनुकूल भएकाले कृषकले उत्पादन वृद्धि गर्नसक्ने उनको भनाइ छ ।
“उन्नत जातको बीउ उपलब्ध गराएर कृषकलाई उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्दै आएका छौँ”, उनले भने “यसबाट कृषकले राहत पाउनुका साथै कृषि कर्ममा लाग्न सहयोग पुग्ने विश्वास छ ।”
गत वर्ष एग्रोले वितरण गरेको बीउबाट बढी धान उत्पादन गरेका ११ जना कृषकलाई सम्मानसमेत गरिएको छ । तिलरुपा बराल, बोलप्रसाद दङ्गाल, रोमा विष्ट, पार्वता भण्डारी, शान्तकुमार ढुङ्गेल, टङ्कनाथ धमला, दुर्गा लामिछाने, यशोदादेवी निरौला, नरमाया लामिछाने, अर्पणा कट्टेल बराल र वासना ढुङ्गेललाई सम्मान गरिएको हो ।
कार्यक्रममा अखिल नेपाल महिला सङ्घ कचनकवलकी अध्यक्ष उत्कृष्ट कृषक अर्पणा कट्टेल बरालले एग्रोबाट उपलब्ध बीउको प्रयोगबाट उत्पादनमा वृद्धि भएको अनुभव सुनाए । यस्ता कार्यले कृषकलाई सहयोग हुनुका कृषिमा आत्मनिर्भर हुन प्रोत्साहन गर्ने उनको भनाइ छ ।
किसानको मेहनतले मात्र उत्पादन वृद्धि नहुने भएकाले उन्नत बीउ प्रयोगले उत्पादनमा सकारात्मक परिणाम आउने स्थानीय लक्ष्मी बजगाईंले बताइन् । सरोकार भएका निकायले कृषि कर्ममा लागेकालाई प्राविधिक, अनुदानलगायत सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_1vJeFlZ1gC_pecs46bhxnas7sh5akkr9rxdbeqar1eg2iappdwkptkonmguj23hwmnxy28l.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया